Monday, May 13, 2013

तिमि एक्लै



सुख मा सबै संग दुखमा तिमि एक्लै
उसैको नियम हो आउ तिमि एक्लै जाउ तिमि एक्लै

भिड भाड शहरमा छैन टेक्ने ठाउँ
हरायौ हुलमा फेरी तिमि फर्किदा एक्लै

सभा र भेला बैठक र एकता
ठुलै जमातमा पनि तिमि एक्लै

फलायौ फुलायौ बनायौ परिवार
छोडी गए एक एक फेरी तिमि एक्लै

देख्यौ देखायौ स्वप्नील संसार
भयो बिहानी झल्याँस्स ब्युझिंदा एक्लै

No comments:

Post a Comment