सुख मा सबै
संग दुखमा तिमि
एक्लै
उसैको नियम हो
आउ तिमि एक्लै
जाउ तिमि एक्लै
भिड भाड छ
शहरमा छैन टेक्ने
ठाउँ
हरायौ हुलमा फेरी तिमि
फर्किदा त एक्लै
सभा र भेला बैठक र एकता
ठुलै जमातमा पनि तिमि
त एक्लै
फलायौ फुलायौ बनायौ परिवार
छोडी गए एक
एक फेरी तिमि
त एक्लै
देख्यौ देखायौ स्वप्नील संसार
भयो बिहानी झल्याँस्स ब्युझिंदा
त एक्लै