Tuesday, November 23, 2010

मायाको सुवाश

नीलो नीलो आकाश छ
नौलो नौलो आभास छ
तिमि तर्कि हिडे पनि
तिमि फर्की गए पनि
रंगी चंगी संसार यो
सागर झैँ विशाल यो
तिमीमा मायाको सुवाश छ
नीलो नीलो आकाश छ -2
चंचल तिम्रा नयन छन्
तिम्रा मन्द मुस्कान छन्
यो धड्किने मुटु भरि
यो तडपिने मनै भरि
तिम्रै प्रेमको प्यास छ
नीलो नीलो आकाश छ-2
निस्ठुरी यो संसार मा
विलाशी यो बजार मा
लिई तिम्रा सारा दुख
दिई मेरा सबै सुख
तिमीसंगै जिउने आश छ
नीलो नीलो आकाश छ-2