Friday, February 27, 2009

विरायौ कि कतै ?

तर्कि तर्कि हिंड्छौ तिमि, विरायौ कि कतै ?
मन पनि खोल्दिनौ नि, विरायौ कि कतै ?

चमक छैन मुहारमा, चाल ढाल पनि सुस्त
नजर पनि लुकाउंछ्यौ नि, डरायौ कि कतै ?

भन्न केही खोजेकिछ्यौ, हल्लेका छन ओठ
गला तिम्रो बसेकोछ, पिरायौ कि कतै ?

कुरी बसे बाटो हेरी, तिम्रै नाम जपि
असत्ति को अंगालोमा, हरायौ कि कतै ?

वाचा कसम सबै टुटे, आखिर टुट्यो मन
सुन चांदी जुहारमा मन, फिरायौ कि कतै ?

Wednesday, February 18, 2009

गजल

आँधी हुरी उर्ल्या छैन युद्ध पनि चर्क्या छैन
सागरमा ज्वारभाटा चलेका चल्यै छन ।

डम्फु आफ्नो सबले ठोके मेरै डम्फु राम्रो
असन्तोषको आगो सधैं बालेका बाल्यै छन ।

जोरी खोज्ने अरु कोही बाँउठिने अर्कै छ
अभागी निर्दोष जनता ढलेका ढल्यै छन ।

सोधे जति सबले भने चल्या छैन हावा सुको
पातहरु सबै थर्थर हल्लेका हल्ल्यै छन ।

शान्तिखोज्न सोझा जनता उर्लेका उर्ल्यै छन
बुझिसक्नु छैन शहर जलेका जल्यै छन ।

घाम झुल्क्यो सधैं पूर्व सुस्ताउन पश्चिम
हावाहरु पश्चिमेली चलेका चल्यै छन ।

Sunday, February 1, 2009

किन झर्छन तारा ?

चकमन्न रात हरुमा चम्केका छन तारा
कतिका ती आशा होलान कतिका सहारा
हे दैव भनिदेउ मलाई
किन झर्छन तारा ?

युगौँ युग लाग्न सक्छ बन्न लाई एक तारा
पहाड नै फोर्नु पर्छ खोज्न लाई एक तारा
दिनै रात खट्नु पर्छ टल्काउन एक तारा
एक छिन मै झरिसक्छ चम्किलो त्यै तारा
हे दैव भनिदेउ मलाई
किन झर्छन तारा ?

अनन्त आकाशमा छन एक्ला एक्लै तारा
कतिका ती बिम्ब होलान कतिका पुकारा
हे दैव भनिदेउ मलाई
किन झर्छन तारा ?