Tuesday, December 7, 2010

मनका लेख हरु

कसैलाई नभन्दिनु मेरा मनका भेद हरु
बिन्ति मेरो सुनाई देउ तिम्रा मनका लेख हरु

आजभोली चारैतिर हाम्रै कुरा चल्छ क्यारे
सुनेको छु तिम्रो मनमा मेरै कुरो खेल्छ क्यारे
कति राम्रो हुन्थ्यो होला तिम्रो साथ पाएपछि
कति असल हुन्थ्यो होला तिम्रो माया पाएपछि

सुस्त सुस्त चलाउनु मेरा तर्फ डेग हरु
बिन्ति मेरो सुनाई देउ तिम्रा मनका लेख हरु

म त तिम्रै सपना बोकी सधै हिड्छु काँधभरि
डर लाग्छ कता कता टुट्ने हो कि बाँधसरि
साँचेकोछु मेरै माया तिम्रो लागि यादभरि
रोजेको छु त्यहि बाटो फर्की आउँछ साँधपरि

अलि अलि सुनेको छु तिम्रा मनका बेग हरु
बिन्ति मेरो सुनाई देउ तिम्रा मनका लेख हरु

कसैलाई नभन्दिनु मेरा मनका भेद हरु
बिन्ति मेरो सुनाई देउ तिम्रा मनका लेख हरु