Monday, June 7, 2021

खोक्रो

                                                                    २०७८/०२/२२

शृंगार पटार अतिभो  भित्र छ खोक्रो

नभएको गुदी हो दह्रो छ बोक्रो

 

अभियानमा हिँडे जुलुसमा गए

नारा लगाए पछी दुखेछ घोक्रो

 

राष्ट्रवादी अरिंगाल न देशभक्त छौंडा

संविधान पोल्ने पो मुखिया छ छोक्रो

 

जालझेल षड्यन्त्र ठगि नै हो मन्त्र

पाटि त गुट उपगुटको रहेछ टोक्रो

 

उनि गफाडी हुन् गाउँ खाने मास्टर

गान बखानको आफ्नो खोलेछ धोक्रो

खोक्रो राष्ट्रवाद

२०७८/०२/२२

छिमेकीको विरोध मात्र खोक्रो राष्ट्रवाद

सराप्ने बानि नै हो खोक्रो राष्ट्रवाद

 

थिएन कुनै नारा त्यो गाली बाहेक

भयो छताछुल्ल आज बोक्रो राष्ट्रवाद

 

चुनाव जिते तिनले सरकारै बनाए

उनले कमाए एक एक धोक्रो राष्ट्रवाद

 

नियम अनि कानून विधि र संबिधान

भएछ खोस्टो तिन्को कोक्रो राष्ट्रवाद

 

गाईजात्रे छ सभा हल्का मनोरंजन

रमिते भए मान्यजन जोक्रो राष्ट्रवाद

Wednesday, June 2, 2021

मेरो कुकुर

                                           २०७८/०२/१९

खुशी भए भुक्छ मेरो कुकुर

दुखी भए भुक्छ मेरो कुकुर

 

सबेरै उठ्छ रुन्छ कराउंछ

मलाई देखे नुघ्छ मेरो कुकुर

 

सिकाएकै छु तालिम दिएकै छु

बेला बेलामा चुक्छ मेरो कुकुर

 

इमान्दार अति वफादार छ डाम्नो

हड्डीमात्र पाए भुल्छ मेरो कुकुर

 

स्वाभिमानको सगरमाथा हुँ भन्छ 

लोभ लालचले झुक्छ मेरो कुकुर

 

गल्ली गल्ली घुम्छ चोक चोक डुल्छ

सबै साँईलीको मा पुग्छ मेरो कुकुर

 

चुनाव हुने था पाएछ क्यारे

माग्ने देखे टोक्छ मेरो कुकुर

 

चोर आएपछि मात्र भुक्नु पर्ने

महाशय आए सुंघ्छ मेरो कुकुर

 

हेर्छ माग्छ पुच्छर हल्लाउंछ

आश गरि ढुक्छ मेरो कुकुर

 

ठुलाबडा संग उठबस छ उसको

त्यहि भएर फुक्छ मेरो कुकुर

 

मौकामा चौका हान्न माहिर मोरो

पाएजति सबै धुक्छ मेरो कुकुर

 

गल्ति हजार गर्छ गनीगनी दिनभर

रात परेपछि लुक्छ मेरो कुकुर