Monday, May 13, 2013

तिमि एक्लै



सुख मा सबै संग दुखमा तिमि एक्लै
उसैको नियम हो आउ तिमि एक्लै जाउ तिमि एक्लै

भिड भाड शहरमा छैन टेक्ने ठाउँ
हरायौ हुलमा फेरी तिमि फर्किदा एक्लै

सभा र भेला बैठक र एकता
ठुलै जमातमा पनि तिमि एक्लै

फलायौ फुलायौ बनायौ परिवार
छोडी गए एक एक फेरी तिमि एक्लै

देख्यौ देखायौ स्वप्नील संसार
भयो बिहानी झल्याँस्स ब्युझिंदा एक्लै

बिदाई



सुन्यौ तिमीले मैले बुझाए
अनर्थ जिन्दगीको कसले सुझाए

रह्यौ मस्त साथी संगी हरुमा
सोध्यौ तिमीले मैले बताए

मदिरा मा डुब्यौ धुवाँ मा उडायौ
सब चाल पाई पनि राज दबाए

सुध्र्यौ आफै मैले सुधारे
बनि मौन मतियार मैले बिराए

ढुक्क भै जाउ पर्खे मलाई
हुर्काउछु यी दुइ फुल भनि कराए

भेटौला फेरी कहिँ अर्को जुनीमा
साटौला मुटु सोची दिल रुवाए

याद



उकुस मुकुस बीच तिमि याद आयौ
जीवन मरण मा पनि तिमि याद आयौ

रंगीन दुनिया ,रमझम सरगम
थिएनौ तिमि, वरपर हरदम
आनन्द उमंग, असीम रसरंग
बिर्सी सके थे  तिमीलाई संग संग

पिडा अनि दुखमा तिमि याद आयौ
बिदाई र बिरह मा पनि तिमि याद आयौ

मैले बिगार्दा तिमि कहाँ थ्यौ
रस रंगमा  भुल्दा तिमि कहाँ थ्यौ
मदिरालयमा झुल्दा तिमि कहाँ थ्यौ
गगनमा उड्दा तिमि कहाँ थ्यौ

बर्बाद हुदा मात्र तिमि याद आयौ
निस्सासिएर मर्दा मात्र तिमि याद आयौ