Monday, August 29, 2011

मेरो माया

माया मेरो ज्यानै लिने शूल भयो
माया गर्नु मात्रै ठुलो भूल भयो

फूलै फूल सजायेंथे, माया हिन्ने बाटो भरि
मोति हरु पिरोयेंथे, मायालुकै याद गरि
यौवन मेरो बित्यो सधैं, कल्पियेर रात भरि
उजाड भयो जिन्दगीनै, काट्नु मात्रै बात गरि

माया मेरो तुच्छ, तिम्रो ठुलो कूल भयो
तिम्रो लागि जुहारनै, माया को मूल भयो

आँखाले देखे जति, दिलले मागे जति
कानले सुने जति, मनले सोचे जति
सुख सयल सबै पुगोस, तनले चाहे जति
नसंझिनु वाचा कसम, मेरोलागि एक रति

चाह मेरो दुर दुर, तिम्लाई फजूल भयो
फर्जी प्रमाण तिम्रो लागि, मायाको कबूल भयो

माया मेरो ज्यानै लिने शूल भयो
माया गर्नु मात्रै ठुलो भूल भयो