Tuesday, August 29, 2017

“जीवन संघर्ष”







  “दर्शन”



दर्शन नानू ।
दर्शन भनेको के हो बाबा 
जीवन दर्शन...

जीवन भनेको नि 
संघर्ष हो जीवन ।
संघर्ष मेरो साथीको नाम हो बाबा

संघर्ष हौशला हो नानू ।
हौशला रातो हून्छ, हो बाबा 
हौशला हार्नू हून्न नानू ।

हा¥यो भने के हून्छ 
संघर्ष हूंदैन
किन चाहियो संघर्ष

जीवनको लागि
जीवन त दर्शन हो बाबा
दर्शन नानू, दर्शन...

प्रिय छोरीहरु,

    कूनै पनि प्राणी चाहे त्यो जीव जन्तू होस या वनस्पति त्यसको जीवनको मूख्य लक्ष्य नै आफ्नो वंश विकास नै हो । हाल सम्म मैले बूझेको जीवन दर्शन पनि त्यही हो र जीवनको लागि गर्ने संघर्षको अन्तिम लक्ष्य पनि त्यहि नै हो । प्रकृति अथवा भगवान वा अन्य शक्ति ढक्गउचझभ उयधभचण्  ले जीवनलाई यसरी निर्माण गरेको छ कि कूनै पनि जीव वा वनस्पतिलाई अफ्नो वंश विकास गर्न वा सन्तती प्राप्त गर्न कूनै तालिम÷शिक्षाको जरुरत पर्दैन । यावत जीव जन्तू र वनस्पतिले गर्ने जीवन संघर्ष नै यहि “जीवन चक्र” संग सम्बन्धित हून्छ र कूनैपनि हालतमा “जीवन चक्र” पूरा गर्ने तर्फ केन्द्रित रहन्छ ।

मेरी प्रिय छोरीहरु,

    अहिले नै मैले भनेका कूराहरु बूझ्न सायद गाह्रो पर्ला, तर जीवनको निरन्तर यात्राको कूनै मोडमा यी कूराहरु सजिलै बूझिने छन् ।

    म धेरै खूशी भएं जून बेला “तिमी” (दैनिक व्यवहारमा हजूर भन्ने गरेकोले तिमी भन्न अलि असहज महशूस गरेको छू) मेरो पहिलो सन्तानको रुपमा यस धर्तिमा आयौ र म पहिलो पटक बूवा भए । “तिमी” मेरो आशाको किरण र मेरो सूदुर भविश्यको द्रष्टा पनि हूनेछौ । धरतीलाई स्त्री लिङ्ग मानिएको छ र सहनशीलता तथा धैर्यताको खानी पनि मानिन्छ । तर यो कहिल्यै विर्सनू हूंदैन कि आफूमा भएको अन्यायको विरोध गर्ने महाविनासकारी महाभूकम्प पनि धरती भित्रै समाहित हून्छ । तिमी पनि स्त्री हौ र मैले धरती संग तूलना गर्दा कूनै गलत काम गरिन जस्तो लाग्यो । तिमीमा मैले चन्चल बालापन महशूस गर्ने अवसर पाईन किनकि तिमीले जहिले पनि शान्त, चीर धीर, सूझ बूझ पुर्ण व्यवहार देखायौ र कथं कदाचित मलाई व्यक्त गर्न नसकिने खूशी पुर्ण दूःख पनि महशूस भयो किनकि शायद मेरी छोरीले बालापन महशूस नगरि कतै परिपक्वता हासिल गर्ने भईन भनेर । अर्थात आफ्नो चञ्चल स्वभावलाई व्यक्त नगरी परिपक्वता मात्र पदर्शन गर्नू पर्ने बाध्यता महशूस पो ग¥यौ कि भनेर । समय र परिस्थिती अनूसार आफ्नो भावनालाई व्यक्त गर्न सक्नूलाई आफ्नो दूःख पिडा र असहजता अरुलाई बताउन सक्नू पनि एक सबल पक्ष हो जस्तो लाग्दछ ।

    समय क्रममा म पूनः त्यत्तिकै खूसी भएं जब म दोश्रो पटक बूवा बनें र तिमी उदायौ । त्यही सूदूर भविश्यलाई सूनौलो लेप लगाउने सुर्य बनेर । तिमीमा स्वभाविक बालापनका साथै थप चञ्चलता, चपलता, खूशी, दूःख, डाह, इश्र्या र माया गर्ने व्यवहार प्रस्तूत गर्ने क्षमता महशूस गरें । भनि राख्नू परेन किनकि तिमीमा जति सूकै चञ्चलता भए पनि त्यही धरतीको प्रतिरुप हौ भनेर ।

    जब सम्म तिमीहरुले आफूलाई मनूष्यको वाल रुपमा पायौ जीवनको पुर्ण आनन्द महशूस ग¥यौ तर हाम्रो समाज, प्रकृति, रीति रिवाज र संस्कृतिले क्रमशः तिम्रो शत प्रतिशत आनन्दमा विस्तारै ह्रास आउन थाल्यो । जब तिमीहरुले बूझ्यौ कि तिमी एक “स्त्री” हौ भनेर । सम्भवतः हाम्रो वरपर घटेका घटनाहरुलाई देखेर दिन प्रति दिन र पल प्रति पल तिमीलाई एउटा प्रश्नले सताएको हूनू पर्दछ किन भेदभाव ? किन ??? यद्धपि हामीले हाम्रो घरमा पूरुष बालक नभएको कारण आज सम्म यस्तो व्यवहारको सामना गर्नू परेको छैन । काल्पनिक अवस्थामा कूरा गर्दा कूराहरु पनि काल्पनिक हूने सम्भावना रहन्छ तथापि “पूरुष बालक” भएको अवस्थामा समेत हाम्रो घरमा भेदभाव पुर्ण व्यवहार सायद हूने थिएन । परिवारको सूरुवात महिला र पूरुषको सामञ्जस्यताबाट शूरु हून्छ भने हाम्रो समाजमा परिवारले पुर्ण आकार लिन पनि सायद ती दूवै लिङ्गि बालकहरुको आगमन हून्छ की ? किनभने जून घरमा छोरा छोरी दूवै हून्छन् त्यसलाई साधारणतया पुर्ण परिवार मानिएको छ । कूनै देशहरुमा एक सन्तान भन्दा बढी जन्माउन नपाउने गरी प्राकृतिक नियममा बन्देज लगाईएको छ भने हाम्रो देशमा दूई सन्तान सम्मलाई सामान्य रुपमा ग्रहण गरिन्छ । तथापि सो भन्दा बढी संख्यामा सन्तान हूनूलाई निरुत्साहित गरिएको छ र त्यस अर्थमा मात्र छोरा छोरी दूवै भएको राम्रो मानिएता पनि एउटा छोरी मात्र वा दूई वटा छोरी मात्र हूंदा परिवार अपुर्ण हूने कदापि होईन । हाम्रा चाडपर्व पनि यसरी मिलाईएका छन् कि कथं कदाचित सन्तानहरु पनि दूवै लिङ्गिय नभएको अवस्थामा सो परिवारले खल्लो महशूस गर्ने गरिएको छ । एक मात्र पूरुष बालक हूने परिवारले गौरव महशूस गर्छन जसले पूरुष प्रधान समाजको पक्ष पोषण गरेको छ र स्त्री बालक हूने परिवारलाई सान्त्वना वा दयाको भाव प्रकट गर्ने समाज पनि मलाई लाग्छ पूरुष प्रधान समाज कै पक्ष पोषक हो । तसर्थ मेरी प्रिय छोरीहरुले यस्ता प्रचलनहरुको पर्वाह नगरी आफूलाई सदैव खूसी र सूखी महशूस गर्न प्रेरणा दिन चाहन्छू ।
   
    समय र परिस्थिती अनूसार आफूलाई सोही अनूसार ढाल्ने र प्रचलित राम्रा चलनहरुलाई सहज रुपमा ग्रहण गर्दै नकारात्मक पक्षहरुलाई निरुत्साहित गर्ने तर्फ आफूलाई सशक्त बनाउन आव्हान गर्दछू । कूनै पनि कूराको पक्ष पोषण गर्न वा विरोध गर्न सो कूरा कै पुर्ण र वास्तविक ज्ञान भए मात्र आफू सक्षम हूने भएकोले सर्वप्रथम आफूलाई ज्ञानी बनाउने तर्फ केन्द्रित हून समेत अनूरोध गर्दछू । कूनै पनि कूराको अभाव त्यसको विकल्पले शत प्रतिशत पूरा गर्न सक्दैन तथा पुर्ण सन्तूष्टि पैदा गर्न सक्दैन तसर्थ अभाव भएका कूराहरुलाई मन शान्तिको लागी पूरा गर्न विकल्प तर्फ सोच्नू भन्दा पनि अभाव भएका कूरालाई सहज रुपमा ग्रहण गर्दा बढी सन्तूष्टि दिन सक्दछ अन्यथा वैकल्पिक उपायहरुले थप समस्या र असन्तूष्टि पैदा गर्न सक्छ भन्ने तर्फ पनि सचेत हूनू पर्दछ ।
   
    बाल्यकालबाट तिमीहरु क्रमशः किशोर अवस्था र किशोर अवस्थाबाट यौवन अवस्थामा प्रवेश गर्ने छौ । समयलाई कसैले रोक्न सक्दैन र यस जगतमा भएको हरेक कूराहरु परिवर्तनशील छन् । अटल भनेको ध्रूव पनि चलायमान छ भन्ने तथ्यहरु पत्ता लागेका छन् । बाल्यकालमा महशूस नगरेका कतिपय परिवर्तनले गर्दा तिमीहरुलाई किशोरावस्थामा आफू स्त्री हूनूको अर्थमा केही असहज महशूस गराउनेछ । क्रमशः आफ्नो स्वतन्त्रता हनन भएको अनूभूति हूनेछ । तिमीले गर्ने व्यवहार, लगाउने लूगा, भावनात्मक आवेगहरुको समेत समाजले नियन्त्रण गर्ने प्रयास गर्नेछ । आफूमा आउने शारीरिक परिवर्तनले समेत तिमीहरुलाई असहज बनाउने छ र समाजमा रहेका हरेक सदस्यले तिमीहरुलाई नियालेको महशूस हूनेछ । हिजो सम्म ठाडो शीर गरेर समाज संग आंखा जूधाउंदै हिंड्ने स्वभावमा क्रमशः आफ्नो नियन्त्रण कम हूंदै गएको भान हूनेछ तर तिमीहरुले यस्तो स्वभाविक परिवर्तनलाई सहज रुपमा ग्रहण गर्नू पर्नेछ र आफूलाई नियन्त्रित रुपमा त्यस्ता असहजताहरुलाई सामना गर्न सक्षम तूल्याउनू पर्नेछ ताकि तिमीहरुको उच्च शीर र दूनियां संग आंखा जूधाउने शक्ति कायम रहोस ।
   
    हाम्रो पुर्वीय समाजले महिलाबाट सून्दरताको खानी, प्रेमको प्रतीक, कोमलताको प्रतिमुर्ति, सहनशील, धैर्यवान, परोपकारी, क्षमाशील, त्यागी आदि अनेकन राम्रा विशेषण जडित गूणहरुको अपेक्षा गर्दछ तर महिलाहरुलाई उक्त विशेषण यूक्त गूणहरु प्रदर्शन गर्न आवश्यक कठोरता, त्याग, तपस्या र अभ्यासको वेवास्ता गर्दछ । यौवन अवस्थामा आउने स्वभाविक परिवर्तनमा महिनावारी पनि महत्वपुर्ण पक्ष हो । यो प्राकृतिक र स्वाभाविक प्रक्रियालाई समेत नारी समवेदना संग जोडेर बढी संवेदनशील र धार्मिक बनाईएको छ । प्रारम्भिक रजस्वला भएको अवस्थामा परिवारका पूरुष सदस्यले हेर्न तथा अन्य सदस्यहरुले छून समेत नहूने प्रथाको कारण उक्त अवस्थाबाट गूज्रिने किशोरीको मनोविज्ञानमा पर्ने असर र आघातको म कल्पना पनि गर्न सक्दिन तर छोरीहरु तिमीहरुले उक्त अवस्थाको स्वाभाविक सामना गर्नू पर्नेछ । यो कूनै नराम्रो घटना अथवा अपराध होइन भन्ने कूरा राम्ररी बूझ्नू जरुरी छ साथै यो घटनाले तिमीलाई बालिका÷किशोरीबाट वयश्क नारी तर्फ बढेको दह्रो संकेत चांहि अवश्य गरेको छ जून आफैमा सारगर्भित छ । यसले अनेकौं जिम्मेवारीको आभास दिलाउने छ र अनेकौं ईच्छा, आकांक्षा र सम्भावनाहरुलाई जागृत गराउनेछ ।
   
    हिजो आफू संग संगै खेल्ने पूरुष बालक आज आफू भन्दा फूर्तिलो बलियो र ठुलो    (शारीरिक आकार) भयो भन्दैमा तिमीहरुले कूनै चिन्ता नलिनू यो पनि स्वभाविक हो महिला हूंदैमा साहस, दृढता निश्चय र बहादूरीमा कमी हून्छ भन्ने कदापि होइन उक्त सबै कूराहरु मस्तिष्कमा चल्ने विचार र उद्वेगहरुले नियन्त्रण गर्दछ । महिलाहरु बढी दृढ निश्चयी, मेहनती र जस्तो सूकै दूःखको सामाना गर्न सक्ने धैर्यवान हून्छन भन्ने कूरा प्रमाणित भै सकेको छ । सानो छंदा बच्चाको हरेक आवश्यकता मुलतः आमाले पूरा गरेकि हून्छिन बच्चा ठुलो हूंदै गएको अवस्थामा आमा बूवाले अथवा ठुलो मान्छेबाट निर्वाह गरिएका जिम्मेवारीहरु क्रमशः त्यसै बच्चामा सारिंदै जान्छन र अन्ततः त्यसै बच्चाले ठुलो भएपछि आफ्नो हरेक आवश्यकता पुर्ति गर्नू पर्ने हून्छ । जब बच्चाले आफ्नो सबै जिम्मेवारी पूरा गर्न सक्षम हून्छ तब, त्यो बच्चा रहंदैन र जीवनको सम्पुर्ण संघर्षलाई उसले एक्लै सामना गर्न शूरु गरेको हून्छ । त्यस्तै मेरी प्रिय छोरीहरु ज्ञ  तिमीहरुले पनि एक दिन आफ्ना जीवनका संघर्षहरु आफैं गर्नू पर्नेछ तथा संघर्षको अखाडामा तिमीले आफूलाई नितान्त एक्लो महशूस गर्ने छौ अर्थात तिमी एक्लि हूनेछौ नितान्त एक्लि । हूनत नाता गोता होलान, साथी भाई होलान, ईष्ट मित्र होलान तर तिमीलाई चाहिएको मद्दत तिमी आफैंले मात्र गर्नू पर्ने हून्छ त्यसैले तिमी एक्लै संघर्ष गर्न तयार रहन समेत सूझाव दिन चाहन्छू ।
   
    तिमी ठुलि हूंदै गए पछि नाता गोता र ईष्ट मित्रले तिमीलाई फकाएर भूलाएर अनूचित लाभ लिने प्रयास गर्नेछन, लोभ लालच देखाउने छन् र बल प्रयोग गर्न समेत पछि पर्ने छैनन् भने अपरिचित व्यक्तिहरुले समेत उपर्यूक्त माध्यमबाट तिम्रो जीवन जोखिममा पार्न सक्नेछन् । त्यस बेला सही र गलतको पहिचान गरी सही निर्णय लिने र परिस्थितीको सामना गर्दै जीवन संघर्षलाई जारी राख्ने जिम्मेवारी केवल तिम्रो हूनेछ । एक्लो र सून्दर महिला देखेपछि समाजमा लूकेका फ्याउरा र व्वांसाहरु जागृत हूनेछन् ती फ्याउरा र व्वांसाहरु तिम्रै परिवार, छर छिमेक, स्कुल कलेज, कार्यस्थल वा जूनसूकै ठाउंमा पनि प्रसस्त पाईनेछन् । त्यसवेला तिमी अन्यन्तै सावधान हूनू जरुरी हूनेछ किनकि तिमीले एक्लै ती सबैको सामना गर्नू पर्नेछ । कूनै समस्याको समाधान आफैंले गर्न सकेन भने समस्याको प्रकृति हेरी सम्बन्धितबाट सहयोग लिनू पर्दछ । तिमी एक्लो छौ भन्नूको मतलब यो होईन कि तिमीले अरुको सहयोग नै नलिउ । कतिपय यस्ता घटनाहरु हून्छन जसमा अन्य व्यक्तिको सहयोग अत्यावश्यक हून्छ र त्यो सहयोग कोबाट कसरी लिने भन्ने निर्णय चाहिं आफ्नो हूनेछ । कतिपय अनूचित घटनाहरु डर, धाक, धम्कि र लोभ लालच दिएर पनि घटेका हून्छन घट्न सक्दछन् । त्यस्तो अवस्थामा घटनालाई लूकाएर राख्नू भन्दा सत्य तथ्य उजागर गरेमा आफूमाथि भएको अन्यायको प्रतिकार गर्न सजिलो हून्छ । तसर्थ अन्याय गर्ने भन्दा अन्याय सहने बढी दोषि मानिन्छ । त्यसकारण कूनै पनि अन्यायको डटेर सामना गर्नू पर्दछ । निर्णय लिने कूरामा तिमी एक्लो भएता पनि सामना गर्ने कूरामा तिमी एक्लो छैनौ । सत्यको जीत हून्छ र सत्यलाई सबैले सहयोग गर्दछन् । यद्धपि त्यो सत्य उजागर गर्ने जिम्मा तिम्रो हूनेछ । त्यस्ता अपराध र अन्यायमा नपर्न शूरु मै सही र गलत नजरको पहिचान गर्न सक्नू पर्दछ तथा सही र गलत स्पर्शको पहिचान पनि त्यत्तिकै जरुरी छ । भनिन्छ स्त्रीहरुमा सही र गलत नजर र स्पर्श पहिचान गर्न सक्ने छैटौं ईन्द्रीय हून्छ मेरी प्यारी छोरीहरु ज्ञ तिमीहरु पनि उक्त छैटौं ईन्द्रीयको भरपूर उपयोग गर्नू ।

    नारी प्रकृतिको अनूपम र सून्दर रचना हो तर प्रकृतिले नै नारी कोमल र शारीरिक रुपमा पूरुष भन्दा कमजोर बनाएको छ । कतिपय कामहरु शारीरिक कारणले मात्र महिलाले पूरुष सरह छिटो छरितो गर्न सक्दैनन् तर मैले गर्न सक्दिंन भन्ने हीन भावना कहिल्यै पनि पाल्नू हूंदैन । दौडमा सबै भन्दा अगाडी आउनू भन्दा पनि दौड पूरा गर्नू महत्वपुर्ण हून्छ । दृढ निश्चय र इच्छा शक्तिले मानिसलाई सफलता तिर   डो¥याउंछ । शारीरिक प्रकिृतिले केहि कूराहरु महिलाको नियन्त्रणमा हूंदैनन तर आफ्नो शरीरको पुर्ण नियन्त्रण महिला संग छ र हूनू पर्छ । आफ्नो शरीरको प्रत्येक अंग प्रत्यंगमा आफ्नो नियन्त्रण हूनू जरुरी छ । शरीर आफ्नो तर नियन्त्रण अर्काको कदापि उचित हूंदैन । मनले मस्तिष्क तथा मस्तिष्कले शरीरको नियन्त्रण हून्छ । आफ्नो मन, आफ्नो मस्तिष्क र आफ्नो शरीरमा आफ्नो मात्र मर्जि हूनू पर्दछ ।

    शिक्षाले मानिसको क्षमता बढाउंछ योग्यता बढाउंछ तसर्थ तिमीहरु आफूलाई यति योग्य बनाउ कि सफलता पछि लागेर आओस । शिक्षाको मतलव पढ्नू मात्र होइन सिक्नू हो जसले अरुको कूरा ध्यान पुर्वक सून्न सक्दछ उसले मात्र सिक्दछ । धेरै सून्ने र कम बोल्नेले बढी प्रभाव पार्दछ । अर्थहीन बोलाई भन्दा अर्थपुर्ण मौनता बढी महत्वपुर्ण हून सक्दछ । हरेक पाठको उद्देश्य हून्छ र त्यो पाठ पढेपछि उद्देश्य प्राप्त गरेको यकिन गर्नू पर्दछ । शिक्षा स्कुल र किताबबाट मात्र प्राप्त हूंदैन । शिक्षा हाम्रा वरपर घट्ने हरेक घटनाबाट प्राप्त हून्छ । समाजमा हाम्रा वरपर घट्ने घटनाहरुबाट शिक्षा लिन सक्नू नै सबै भन्दा बूद्धिमानी कार्य हो । मुर्खले विद्वान भन्दा विद्वानले मुर्खबाट धेरै सिक्दछन् ।

मेरा प्रियतम् छोरीहरु,

    तिम्रा हरेक कदमहरुमा सफलता मिलोस भन्ने चाहना मेरो मनमा भरिएको छ । “जीवन चक्र” पूरा गर्ने हरेक जीव जन्तू र वनस्पतिको नैसर्गिक अधिकार हो । तिमीहरुलाई पनि आ(आफ्नो जीवन हर्षोल्लास पुर्ण रुपमा ज्युने पुरा अधिकार छ । जीवन ज्युन जीवन साथीको जरुरत पर्दछ, आफ्नो मनपसन्द जीवन साथीको चूनाव पनि  जीवनको अति नै महत्वपुर्ण घटना हो । जे देखिन्छ त्यो हूंदैन र जे हून्छ त्यो देखिंदैन, भावावेश, प्रतिशोध र बाध्यतामा लिईने निर्णयहरु सही नहून सक्दछन् तसर्थ जीवन साथीको चूनाव पनि पुर्ण धैर्यता, सुझबुझ र यथार्थमा लिनू पर्दछ । समाजले ग्रहण गर्ने कूरालाई म पनि ग्रहण गर्दछू तर मूटूले लिने निर्णयहरु आंखा बन्द गरेर लिईन्छ भने आंखा खोलेर गरिएको निर्णयहरुमा मन मस्तिष्क र मूटू पनि सचेत हून्छन । सोचेका कूरा सबै पूरा हूंदैनन् भन्ने यथार्थलाई पनि आत्मसात गर्नू जरुरी छ । जीवन पनि एक किसिमको सम्झौता हो तर सम्झौता ध्ष्ल ध्ष्ल क्ष्तगबतष्यल  मा भएमा दूवै पक्ष सन्तूष्ट हून्छन् भने बाध्यतामा गरिएका सम्झौताहरुको भविष्य सूखमय हूंदैन । सम्झौता गरी ठाडो शिर र आंखा जूधाएर गर्नू न कि पराजित मनस्थितीमा । तिमी पनि स्वतन्त्र जीवन जिउ, आफ्ना कूरा सबैलाई कराएर भन्न सक, आफूलाई व्यक्त गर्न सक ताकि तिम्रा कूनै पनि ईच्छा तिमी भित्रै दमित भएर नरहुन । तिमी शत प्रतिशत जीवन जिउनू ।

प्रिय छोरीहरु,

    मेरो कामको प्रकृतिले गर्दा मैले तिम्रा वालपनका हरेक कूराहरुमा मलाई संलग्न गराउन सकिन र मैले हरेक अनूभुतिहरु संकलन गर्न सकिन । त्यसका लागी मलाई माफ गर्ने नै छौ । मैले तिम्रो भविष्य सूनौलो पार्न गर्नू पर्ने मलजल गर्न नसकेको कारण पनि आज म यी हरफहरु लेख्ने दूस्साहस गरिरहेको छू । यसले तिमीहरुलाई तत्काल कूनै चमत्कार त दिने छैन तर मलाई विश्वास छ जब तिमीहरुले यसका हरेक शब्द र भावलाई बूझ्ने छौ तिमीहरुमा एउटा आफ्नोपनको अनूभुति हूनेछ र अदृश्य खूशीले समेत तिमीहरुमा केही उत्साह र उमंग भर्नेछ । कोही आफ्नो माया गर्ने मान्छे हितैषि र अनन्य मित्र छ भन्ने कूराको समेत अनूभुति दिलाउने छ । जीवित रहन सकारात्मक सोच आवश्यक पर्दछ । जून दिन सकारात्मक सोच को सुचक नकारात्मकता तर्फ बढ्छ त्यो दिनबाट जीवन मृत्यू तर्फ धकेलिन्छ । जीवित रहन, स्वस्थ रहन, सामान्य कामकाज गर्न र प्रगति गर्न सकारात्मक सोच जरुरी छ । जून कूरामा हामी जति सकारात्मक छौं त्यस कूरामा हामी त्यति नै सफल हून्छौं ।

    सकारात्मक सोचले सकारात्मक नतिजा तर्फ डो¥याउंछ । “फुलको आंखामा फुलै संसार” भने जस्तै जसको सोच जस्तो छ त्यस्तै बोली र व्यवहार हून्छ । “चोरले सबैलाई चोर देख्छ” भन्ने उक्ति पनि सोच संगै सम्बन्धित छ । सकारात्मक सोचका साथ सकारात्मक व्यवहार गर्ने तथापि सामून्ने भएको व्यक्तिको बोली र व्यवहारको पनि शुक्ष्म विश्लषण जरुरी छ । कथं कदाचित झगडा र विरोधले पनि सकारात्मक प्रभाव पार्न सक्दछ । यहांनिर झगडाको मतलव बिना मतलव र बिना तर्क एक आपसमा भिड्ने भनेको होईन तर आफूलाई असहज छ भने पक्कै पनि व्यवहारमा देखाउन सक्नू पर्दछ । सौम्य र अनूशासित व्यवहारबाट समस्या समाधान नभएमा कडा रुपमा पनि प्रस्तूत हून सक्नू पर्दछ । जंगलमा भएका सोझा र सूरिला रुखहरुलाई सबैभन्दा पहिले काटिन्छ भन्ने यथार्थलाई मनन गर्दै आफू सरल भएता पनि अन्याय नसहने रुपमा प्रस्तूत हूनू पर्दछ ।

    जीवनमा “धन दौलत” को आवश्यकता पर्दछ तर “धन दौलत” साधन मात्र हो साध्य होईन भन्ने बूझ्नू जरुरी छ । “धन” कमाउन सकिन्छ र सहजै गूमाउन पनि सकिन्छ तर “धन” आर्जन गर्ने क्षमता विकास गर्न सकेमा, योग्यता विकास गर्न सकेमा “धन” आफैं पछि लागेर आउंछ । योग्यताले “धन” आर्जन हून्छ तर “धन” ले योग्यता आर्जन गर्न सकिंदैन । धन दौलतको आकर्षण क्षणिक हून्छ, धनले लूगा किन्न सकिन्छ, प्रसाधन किन्न सकिन्छ तर धनले छवि निर्माण गर्न सकिन्न, सून्दरता पनि किन्न  सकिन्न । आफ्नो जीवनमा आवश्यक न्यूनतम “धन” अनिवार्य छ तर धनको कारणबाट आर्जित विलासिता निरर्थक छ । धनले आर्जित विलासिता प्रति आकर्षित नहूनू तर योग्यताले, विद्याले, क्षमताले आर्जित विलासिता तर्फ केन्द्रित हून सूझाव दिन चाहन्छू ।


मेरी प्यारी आंखा कि नानीहरु ज्ञ

    तिमीहरु अति नै सून्दर छौ । तिमीहरु विधाताका अनूपम कृति हौ । यसमा कूनै दूइमत छैन । जति तिमीहरु सून्दर छौ त्यत्तिकै क्षमता, गूण, कला र कौशल पनि विकास गर्नू पर्दछ । तिमी सून्दर छौ, तिम्रो मूटू सून्दर छ, तिम्रो सोच सून्दर छ तर त्यति मात्र यथेष्ट छैन । सबैलाई प्रभावित गर्न तिमीमा कूनै न कूनै अतिरिक्त “कला” जून अरुमा छैन, हूनू जरुरी छ । त्यो अतिरिक्त “कला” विकास गर्न प्रयास गर्नू पर्दछ । नयां नयां कूरा सिक्ने बानीको विकास गर्नू पर्दछ । जति छिटो र सहज रुपले सानो उमेरमा सिक्न सकिन्छ त्यति छिटो र सहज रुपमा ठुलो भएपछि सिक्न कठिन हून्छ । ठुलो भएपछि सिक्नै सकिंदैन भन्ने तात्पर्य होईन तर अवश्य असहज हून्छ । दिनमा २४ घण्टा हून्छ र त्यसलाई २५ घण्टा गर्न असम्भव छ तर २४ घण्टालाई नै व्यवस्थित ग¥यो भने नयां कूरा सिक्न अवश्य यथेष्ट समय निकाल्न सकिन्छ । नयां कूरा सिक्न रुचि विकास गर्नू पर्दछ । रुचि विकास भएमा कूनै कूरा पनि असम्भव छैन । वाध्यतालाई वानि, वानिलाई रुचि, रुचिलाई बहूलठ्ठिपना र बहूलठ्ठिपनालाई समर्पण÷त्यागमा परिणत गर्न सक्ने मान्छेले कहिल्यै असफलता आत्मसात गर्नू पर्दैन । सिकलाई ढीभबचलष्लनण् को लागि मेरो अनूभव र अध्ययनले माथि उल्लेखित पांच अवस्थालाई पहिचान गरेको छ । उदाहरणको लागि पढ्नू तिम्रो कर्तव्य ढम्गतथण्  वा वाध्यता हो आफ्नो वाध्यतालाई वानी ढज्बदष्तण्  मा परिणत गर्न सक्यो भने थोरै समयमा बढी सिकिन्छ र दिक्क पनि लाग्दैन । अब त्यही पढ्ने बानीलाई रुचि ढक्ष्लतभचभकतण्  मा परिणत ग¥यौ भने पढ्ने÷सिक्ने कार्य सहज र मनोरञ्जक हून   जान्छ । आफ्नो रुचिलाई बहूलठ्ठि ढएबककष्यलण्  पनामा परिणत गर्न सक्यौ भने समय बितेको थाहा हूंदैन । बहूलठ्ठिपना ढएबककष्यलण्  को विकसित रुप नै समर्पण÷त्याग ढम्भखयतष्यलण्  हो । यो अवस्थामा पूग्न सकेमा आफूले सिक्न चाहेको गर्न चाहेको कूरा नसिकिने वा नगरिने हूनै सक्दैन । तसर्थ त्याग ढम्भखयतष्यलण्  को अवस्थालाई अन्य नामले पनि जान्न सकिन्छ जस्तै त्याग भनेकै समर्पण हो, त्याग भनेकै प्रेम हो, त्याग भनेकै पुजा हो जसले अफ्नो सिकलाई ढीभबचलष्लनण्  लाई त्यागको अवस्थामा पू¥याउने सक्यो त्यो व्यक्ति उसले चाहेको कूनै पनि प्रतिस्पर्धाको उच्च स्थानमा रहने छ । कृपया, कूनै एक कूरामा क्ष्लतभचभकत  बढाउ र आफ्नो कलालाई समर्पणको अवस्था सम्म पू¥याउ तिमीलाई दूनियाले चिन्ने छन् र तिम्रो नाम आदरका साथ लिने छन् । मन्दिरमा गएर गरिने पुजा र मैले भनेको पुजामा खास भिन्नता छ । मन्दिरमा भौतिक पुजा गरिन्छ भने भैले भन्न चाहेको पुजामा आत्मिक पुजा छ, बौद्धिक पुजा छ, समर्पण छ, त्याग छ । कूनै एक नयां कूरा सिक, अरु भन्दा बढी सिक र आफ्नो क्षमताको पहिचान देउ । संसारका हरेक व्यक्तिमा संसारका अन्य व्यक्तिहरु भन्दा केहि न केहि क्षमता अरु भन्दा बढी हून्छ । तिमीले आफ्नो क्षमताको पहिचान गरि प्रदर्शन गर्न सक्यौ भने तिमी संधै अव्वल हूने छौ ।

    दूनियांमा आफ्नो प्रभाव जमाउन सबै भन्दा पहिले आफू क्षमतावान हूनू पर्दछ । सबै भन्दा पहिले आफूमा क्षमता विकास गर र अनि मात्र आफ्ना तर्कहरु, कूराहरु राख दूनियाले पत्याउने छ नत्र तिम्रा कूरा एक कानले सूनेर अर्को कानले उडाउने छन् । वाल्यकाल भनेको सिक्ने बेला हो । आफ्नो भविश्य निर्माण ढऋबचभभच म्भअभयिउण् गर्ने बेला हो । आफ्नो क्षमता पहिचान गर र त्यसैमा रुचि बढाउ, तिम्रा हरेक तर्कसंगत कूरामा मेरो सदैव सहयोग रहने छ । आफूले सिक्न चाहेको कूरामा कूनै हिच्कचाहट ढज्भकष्तबतष्यलण्  महशूस नगर खूला रुपले भन तिमी जूनसूकै विषय पढ, जून सूकै क्षेत्रमा जाउ तर विशिष्ट नतिजा ल्याउ कूूनै पनि विषय र उन्नतिको क्षेत्र नराम्रो हूंदैन तर विशिष्टता ल्याउनू अत्यन्त जरुरी छ । प्रतिस्पर्धामा अव्बल हूनू आवश्यक छ । क्षमतावान छौ भने सफलता पछि लागेर आउने छ । असल बन आफैं सफल हूनेछौ । सफल मान्छे असल नहून सक्दछन तर असल (क्षमतावान) मान्छे सधै सफल हून्छन् । कक्षामा अब्वल आउने व्यक्तिहरु निश्चित रुपमा जीवनमा राम्रो गर्दछन तर कक्षामा पहिलो नहूंदैमा अन्य प्रतिस्पर्धा जित्न सकिंदैन भन्ने भ्रममा नरहनू । कक्षामा अन्तिम हूने व्यक्तिहरु जीवनको वास्तविक लडाईमा अब्वल रहेका अनेकौं उदाहरण छन् । हौशला कायम राखेमा सफलता आवश्यम्भावी छ ।

अन्त्यमा प्रिय छोरीहरु ज्ञ


          यथार्थलाई स्वीकार गर्नै पर्दछ, तिमीहरु जति सूकै क्षमतावान, जतिसूकै प्रतिभावान र जतिसूकै प्रिय भए पनि तिमीहरु यस समाज निर्माणमा योगदान दिने महिलाहरु हौ, स्त्री  हौ । मैले नचाहे पनि प्रकृतिले भने अनूसार तिमीहरुले गर्नै पर्दछ । कसैको पत्नि बन्नू, कसैको बूहारी बन्नू र कसैको आमा बन्नू तिमीहरुको मार्ग चित्रमा अंकित छ । उपर्यूक्त सबै कार्य महान छन् तर ती कार्य सम्पन्न हून धेरै त्याग, बलिदान र सामञ्जस्यताको आवश्यकता पर्दछ । तिमीले आफ्नो जन्मदाताहरु भन्दा अरुलाई बढी मान र सम्मान दिनू पर्ने हून्छ । आफ्नो परिवार छोडेर नयां परिवारमा स्थापित हूनू पर्ने हून्छ । तिमी सम्पुर्ण हौ तर तिमीले कथं कदाचित आफ्नो अस्तित्वको लागि समेत संघर्ष गर्नू पर्ने हून्छ । तिमीले अरुकै नामबाट आफ्नो योगदान दिनूपर्ने हून्छ । यति हूंदा हूंदै पनि तिमीहरु आफ्नो विशिष्ट पहिचान र क्षमताका साथ गौरवपुर्ण रुपमा हाम्रो (आमाबूवा÷पुर्खा) को नाम उज्ज्वल बनाउन सक्दछौ । कूनै एक क्षमतामा विशिष्टता प्राप्त गरेता पनि जीवनमा आवश्यक अन्य सबै कूराको सामान्य जानकारी र क्षमता जरुरी छ । तिमी आफ्नो जीवन खूलेर जिउ, जिएर मर तर मरि मरि नजिउ, आफ्ना इच्छा, आकांक्षा पूरा गर तर दबाएर नराख दमित इच्छा र आकांक्षाहरुले बिस्फोट पैदा गर्न सक्छ र क्षति व्यहोर्नू पर्ने हून सक्दछ । सत्यता पछ्याउ, क्षमता विकास गर, अन्याय नसह, यथार्थलाई स्वीकार गर, सिक्ने स्तरलाई त्यागमा पू¥याउ र स्वच्छन्द जिन्दगी जिउ । मेरो सदा सर्वदा ईश्वर संग यहि प्रार्थना छ र तिमीहरुलाई प्रेमपुर्ण आशिर्वाद |
   
I love you !