Friday, February 7, 2020

जल्नु पर्छ

                                                     २०७६\१०\२१

यौवनको रापले तिमि धप धपी बल्नु पर्छ
देखेपछि तिमिलाई उनी त जल्नु पर्छ

जस्तो थियो त्यस्तै छ र? "सुमन" अझै पनि
छेपारो झैं उसले अवश्य रंग त बदल्नु पर्छ

विश्वासको हथौडीले हानीरहे पटक पटक
अहंकारको चट्टान उसको अब त ढल्नु पर्छ

जाली नजरका तीरहरु सोझिनेछन् त्यसैतर्फ
छेडिएला कोमल मुटु तिमिले त छल्नु पर्छ

मलिलो ब्याडमा मैले बिउ छरेको धेरै भयो
"सुमन" हाम्रो प्रेम आंकुरा अब त फल्नु पर्छ