Saturday, November 21, 2020

खुशामद खुदाकि

                                                 २०७७/०८/०४

खुदपे गुरूर आपका हमे अच्छा लगता है

फिर भी हम खुशामद नहीं करते खुदाकि


जलील करदे मुस्कुराहट आपकि क्या बात है

फिर भी हम जलालत नहीं करते खुदाकि


हर कदमपे धोखे आपके हमे अच्छा लगता है

फिर भी हम हिकारत नहीं करते खुदाकि


हर बातपे झगडना आपका क्या बात है

फिर भी हम नफरत नहीं करते खुदाकि


खादिम हजार समझो हमे कोई बात नहीं

फिर भी हम खिदमत नहीं करते खुदाकि


नेस्तनाबूद हुवा "सुमन" नफरतोंकि आँधीसे 

फिर भी हम इबादत नहीं करते खुदाकि


Saturday, September 12, 2020

प्रतीक्षा

                             २०७७/०५/२७

खुशी ! म कहाँ आउ है

कति प्यारी तिमी ।


उनले भनिन् तिमी पढ म आउने छु

मैले पढेँ तिनी आइनन्

उनले वाचा गरिन् राम्रो जागिर खाउ म आउने छु

मैले जागिर खाएँ तर तिनी आइनन्

घर खोई तिम्रो ? म आउन लाई

सकि नसकि घर बनाएँ तैपनि आइनन् ।


मैले फेरि अनुरोध गरेँ

उपहार पठाएँ, अनुनय विनय गरेँ

राम्री खुशी ! तिमी जसरी पनि मेरो घरमा आउ है ।


उनले म तर्फ हेरिन् र भनिन् 

छोराछोरी पढाउ ठूलो मान्छे बनाउ

म पक्कै आउने छु

छोराछोरी पढे बढे फेरि पनि तिनी आइनन् ।


पूजाअर्चना गरेँ प्रशाद चढाएँ

व्रत बसेँ आह्वान गरेँ

हे मेरी खुशी ! तिमी आउ है म तिम्रै प्रतीक्षामा रहने छु ।


आफ्नो जागिर राम्ररी सकाउ

छोराछोरी जागिरे बनाउ 

विश्वास गर म आउने छु, खुशीले भनिन् ।


जागिर बाट निवृत्त भएँ 

छोराछोरी जागिरे भए ठूला भए 

तैपनि कस्ती अटेरी खुशी, आउँदै आइनन् ।


राजधानीमा जाउ विदेश जाउ

गाडी चढ बङ्गला बनाउ

कसम म आउने छु ।


सक्दो प्रयास गरेँ आफूलाई ठोकेँ घोटेँ तर सकिनँ 

थाहा भयो कि त्यो दिन निश्चित छ

डाक्टरले उसैको भरोषा भन्यो ।


खुशी न आएको भन्दा पनि प्रतीक्षा सकिनलागेकोमा म दुःखित भएँ

खुशीले मेरो विश्वास नगरेकोमा म दुःखित भएँ

त्यो निश्चित दिन आयो तर खुशी आइनन् ।


त्यो दिन पश्चात् म आफै खुशीलाई भेट्न गएँ

म जस्तै अनगिन्ती पागल प्रेमीहरु 

खुशीलाई भेट्ने आशमा जाँदै थिए 

तर टाढा टाढा सम्म खुशीको नाम निशान थिएन 

निश्चित भयो खुशी धोकेबाज रहिछन्

मेरो प्रेम एकतर्फी सावित भयो 

र मेरो प्रतीक्षा समाप्त भयो ।


मूर्दा शान्ति छायो, चकमन्न भयो 

म भित्रक‍ो म उडेर जानेक्रममा कसैले झकझकाय‍ो र विस्तारै साउती ग-यो

"हे महाशय ! खुशी त त्यहीँ छिन जहाँबाट तपाँई आउनु भयो 

खुशी तपाँई सँगै थिइन् तर चिन्न सक्नु भएन

बेला बेलामा आँउथिन् तर देख्नु भएन

खुशी भेट्ने मन चाहिन्छ 

खुशी सँगाल्ने धैर्य चाहिन्छ 

खुशी हुने बहाना चाहिन्छ 

खुशी रहने कला चाहिन्छ " ।






Saturday, June 20, 2020

महेन्द्रनगरमा कंचनपुरैमा

                                             २०७७/०३/०६
छुपुक छुपुक मेरी सुवा धान रोपाइँमा
ठुमुक ठुमुक मेरी सुवा चमन चोकैमा
महेन्द्रनगरमा कंचनपुरैमा
छुपुक छुपुक मेरी सुवा धान रोपाइँमा
ठुमुक ठुमुक मेरी सुवा चमन चोकैमा

घाडीघाँच रौटेलामा मेला लागन्छ रे
सालभाडीका रनवनमा कोइली बासन्छ रे
कटान छतरी चौराह भाँसी गड्डाचौकी
गौराको देउडा खेल्न्या कोई रहडी छौ कि

महेन्द्रनगरमा कंचनपुरैमा
छुपुक छुपुक मेरी सुवा धान रोपाइँमा
ठुमुक ठुमुक मेरी सुवा जीन्स पाइन्टमा

महाकाली दोधारामा झोलुङ्गे पुल छ रे
शुक्लाफाँटा जंगलमा मृगको हुल छ रे
झिलमिल वेतकोट ताल लिङ्गको दर्शन
मिलिजुली बस भायौ भेदभाव गर जन

महेन्द्रनगरमा कंचनपुरैमा
छुपुक छुपुक मेरी सुवा धान रोपाइँमा
ठुमुक ठुमुक मेरी सुवा फिलिम लाइनमा

तिलाचौड तिलकेनी हल्दुखाल सुखासाल
सिसैया उल्टाखाम हजूर लालपुरमा मायाजाल
महेन्द्रनगर मेनरोड पूर्वमा सिद्धनाथ
कंचनपुरको ठूलो स्कुल मेरो हो बैजनाथ

महेन्द्रनगरमा कंचनपुरैमा
छुपुक छुपुक मेरी सुवा धान रोपाइँमा
ठुमुक ठुमुक मेरी सुवा साफ सफाइमा

ऐंठपुर तिलकपुर तल सुन्दरपुर
खैरभटि्ट गोबरिया पर बढैपुर
भुवा भस्सो होरी सबै भैलो खेलौंला रे
मनको मैलो काली फाली माया जेलौंला रे

महेन्द्रनगरमा कंचनपुरैमा
छुपुक छुपुक मेरी सुवा धान रोपाइँमा
ठुमुक ठुमुक मेरी सुवा जाप जपाइमा

Saturday, March 28, 2020

म आउने छु

                                   २०७६/१२/११
लिखितम्...
बोलावट भएमा...
तोकिएको मिति र स्थानमा हाजिर हुनेछु
संवत्...साल...महिना...रोज... शुभम्  ।

तर,
बोलावट नभए पनि, म आउने छु
अवश्य आउने छु

जब,
राम्रो नतिजाको लागि कसैलाई गुहार्नुपर्ने छैन
विशेष नियुक्तिको लागि प्रभुकहाँ धाउनुपर्ने छैन
पदोन्नति सिफारिसको लागि नजराना चढाउनुपर्ने छैन
सरुवाको लागि उनको हो मा हो मिलाउनुपर्ने छैन

जब,
व्यक्तिलाई होइन संस्थालाई केन्द्रमा राखी
नीति, ऐन, नियम र कानुन बन्नेछन्

जब,
ती नीति, ऐन, नियम र कानुनहरु
लागू हुने मिति पश्चात् अक्षरश: पालना हुनेछन्
परीक्षाहरु स्वयं परीक्षार्थी हुनेछन्
पारदर्शिताले स्वयं अश्मिता परीक्षण गर्नेछ
अनुशासन स्वयं अनशासित बन्नेछ
नाता र कृपाहरुले मुक्ति पाउनेछन्
प्रतिवेदनहरु सत्यवादिताका प्रमाण हुनेछन्
व्यक्तिगत स्वार्थ भन्दा पेसागत मान्यता प्रधान हुनेछ
तालिमहरुले आफ्नो स्तरमा गौरव गर्नेछन्
स्वार्थ अनुसारको व्याख्या गरिने छैन
वास्तविक मूल्यांकन हुनेछ
योग्यतामा मात्र भर पर्ने वातावरण बन्नेछ


र,
असल मात्रै सफल हुनेछन्

र जब,
उपलब्ध सेवा सुविधाहरु हठात् काटिने छैनन्
साथै, हरेक देशभक्त नेपालीले "जय नेपाल" भन्ने वातावरण बन्नेछ

तब,
म बोलावट नभए पनि फेरि आउनेछु
अनि देशभक्त, नेपाल आमाका सन्तानहरुको ओइरो लाग्नेछ

र,
विद्यमान...
खडेरी हट्ने छ ।

Friday, February 7, 2020

जल्नु पर्छ

                                                     २०७६\१०\२१

यौवनको रापले तिमि धप धपी बल्नु पर्छ
देखेपछि तिमिलाई उनी त जल्नु पर्छ

जस्तो थियो त्यस्तै छ र? "सुमन" अझै पनि
छेपारो झैं उसले अवश्य रंग त बदल्नु पर्छ

विश्वासको हथौडीले हानीरहे पटक पटक
अहंकारको चट्टान उसको अब त ढल्नु पर्छ

जाली नजरका तीरहरु सोझिनेछन् त्यसैतर्फ
छेडिएला कोमल मुटु तिमिले त छल्नु पर्छ

मलिलो ब्याडमा मैले बिउ छरेको धेरै भयो
"सुमन" हाम्रो प्रेम आंकुरा अब त फल्नु पर्छ

Sunday, January 26, 2020

अनि बन्छ क्याडेट

           
                                           २०७६\१०\१२
हौशला उंचो हुनुपर्छ अनि बन्छ क्याडेट
उद्देश्यले जून छुनुपर्छ अनि बन्छ क्याडेट

तिमि र म जस्तो लरतरो कहां हो र?
रगतले मन धुनुपर्छ अनि बन्छ क्याडेट

माता भक्त पिता भक्त देश भक्त हुनुपर्छ
उज्जवल सपना बुन्नुपर्छ अनि बन्छ क्याडेट

अनुशासित वफादार स्वावलंबी हुनुपर्छ
हीरा मोती चुन्नुपर्छ अनि बन्छ क्याडेट

जनताको सेवा साथै सीमानाको रक्षा गर्छ
शत्रु सबै थुन्नुपर्छ अनि बन्छ क्याडेट