Tuesday, May 3, 2022

नेपाली काँग्रेस गीत

२०७९/०१/२०

हामी नेपाली हाम्रो नेपाल 

हामी काँग्रेसी हाम्रो काँग्रेस

जय नेपाल जय जय नेपाल


(Narako rup ma gaune)

जय नेपालक‍ो - नारा छ

लोकतान्त्रिक - पारा छ

समाजवादी - तारा छ

राष्ट्रवादी - सारा छ


हामी नेपाली हाम्रो नेपाल 

हामी काँग्रेसी हाम्रो काँग्रेस

जय नेपाल जय जय नेपाल


(Narako rup ma gaune)

फाटो मेटिने - सबै भेटिने

निरंकुशको - गला रेटिने

भोट सबै - रूखमा

जनता सबै - सुखमा


सुखि नेपाली उन्नत नेपाल

जय नेपाल जय जय नेपाल


हामी नेपाली हाम्रो नेपाल 

हामी काँग्रेसी हाम्रो काँग्रेस

जय नेपाल जय जय नेपाल

Wednesday, February 16, 2022

एमसिसि

उनलाई मागि खाने भाण‍ो हो एमसिसि

यिनलाई भोट माग्ने डाँड‍‍‍ो हो एमसिसि


कोही पक्षमा त कोही विपक्षमा उभिने

जनतालाई घोचिराख्ने काँढो हो एमसिसि


किन नेपाल बन्द गरिखान देउ हाम्लाई

अर्काको घर बिगार्ने राँडो ह‍‍ो एमसिसि


दिनभरिकै शिकार हो कसरी नखाँउ

पक्ष विपक्ष सबैलाई घाँडो हो एमसिसि


लिउ चाहे फर्काउ मर्जि हजुरहरूकै हो

हाम्रो जस्तो लाटो देशमा गाँडो हो एमसिसि

Wednesday, January 12, 2022

मुक्तक

य‍ो पागल रहेछ म भित्रको म
ब्यथा सबै सहेछ म भित्रक‍ो म 
गोही रोएको जब देख्यो यसले
भावना मै बहेछ म भित्रको म