Tuesday, December 7, 2021

फरक छ

                                         2078/08/21

वन पिस र टु पिसमा फरक छ

राम्री म्याडम र मिसमा फरक छ


स्वाभिमान कतै डगमगाएको त छैन

झुक्ने त्यो ईमान र सीसमा फरक छ


आगो त सबै भित्र दन्केको छ हजुर

आउने त्यो आवेग र रीसमा फरक छ


सबै विद्यालयले विद्यादान गरेकै छन् 

उन्ले लिने दक्षिणा र फीसमा फरक छ


पसिनाको मूल्य त बराबर हुनुपर्ने 

दिइने ज्याला र बक्सीसमा फरक छ


धड्कन मेरो पनि बढ्ने गर्छ 'सुमन'

उन्को म्वाई र फ्लाइङ्ग किसमा फरक छ