Monday, May 24, 2021

मध्यरातमा

                                                                                                                           २०७८/०२/०९

सकुनीको जनम भो मध्यरातमा

गणतन्त्र हनन् भो मध्यरातमा

 

सुन्दर शान्त विशाल देश थियो

राजतन्त्र ढलन भो मध्यरातमा

 

सहमतिका कुरा थिए दिनभरि 

संविधान दमन भो मध्यरातमा

 

कालीनाग बौरियो मध्यरातमा

लोकतन्त्र रनन् भो मध्यरातमा

 

प्रतिगमन भयो षड्यन्त्र भयो

पापपिण्ड मिलन भो मध्यरातमा

म कसरि आउँ ?

                                                                                                                          २०७८/०२/०९ 

ढोकामा गजबार छ म कसरि आउँ ?

दिलमा  छेकबार छ म कसरि आउँ ?

 

आँखाले त बोलाएकै हो तिमीले

मनमा पर्खाल छ म कसरि आउँ ?

 

आएन भन्छ्यौ रिसाउंछ्यौ ठुस्किन्छ्यौ

हातमा तरबार छ म कसरि आउँ ?

 

मुखमा राम राम बगलीमा छुरा छ

नआउने रैबार छ म कसरि आउँ ?

 

म पश्चिमको तिमि पूर्व कि कान्छी

मायाको हर्ताल छ म कसरि आउँ ?

Tuesday, May 18, 2021

”त्यो पर्दैन"?

 


२०७८/०२/०४

 

स्वास्थ्य-सिपाहीलाई राहत "त्यो पर्दैन"

सबै असहायलाई राहत "त्यो पर्दैन"

 

प्राण वायु फुकौं खोप खाप गरौँ

घटाओं कोविड हताहत "त्यो पर्दैन"

 

सरकार बनाउनु र भत्काउनु ठूलो कुरो

सुनौं जनरोदन मर्माहत "त्यो पर्दैन"

 

रोकौं कालोबजारी नियन्त्रण भ्रष्टाचार

गरौँ देश विकासको चाहत "त्यो पर्दैन"

 

किन लिनु सपथ के काम प्रतिज्ञा

संविधान सबै कहावत "त्यो पर्दैन"

जन्मदिनका केहि टुक्रा

 


 

२०७८/०२/०२

आशिर्वाद

 

अन्न धनको फसल हुनु

ज्ञान गुनको पसल हुनु

अपार सम्भावानाकी खानी तिमि

ठूलो नभई असल हुनु

 

शुभकामना

 

सफलताको शुभकामना

चापलताको शुभकामना

फलदायी बनोस जीन्दगी तिम्रो

असलताको शुभकामना

 

मलाई चाहिन्छ

 

बाली रोपे पछी फसल चाहिन्छ

मलाई ज्ञान गुनको पसल चाहिन्छ

अपार सम्भावना छ तिमि "सामु"

मलाई ठूलो मान्छे होइन असल चाहिन्छ