२०७८/०२/०९
ढोकामा गजबार छ म कसरि आउँ ?
दिलमा छेकबार छ म
कसरि आउँ ?
आँखाले त बोलाएकै हो तिमीले
मनमा पर्खाल छ म कसरि आउँ ?
आएन भन्छ्यौ रिसाउंछ्यौ ठुस्किन्छ्यौ
हातमा तरबार छ म कसरि आउँ ?
मुखमा राम राम बगलीमा छुरा छ
नआउने रैबार छ म कसरि आउँ ?
म पश्चिमको तिमि पूर्व कि कान्छी
मायाको हर्ताल छ म कसरि आउँ ?
No comments:
Post a Comment