Monday, May 13, 2013

बिदाई



सुन्यौ तिमीले मैले बुझाए
अनर्थ जिन्दगीको कसले सुझाए

रह्यौ मस्त साथी संगी हरुमा
सोध्यौ तिमीले मैले बताए

मदिरा मा डुब्यौ धुवाँ मा उडायौ
सब चाल पाई पनि राज दबाए

सुध्र्यौ आफै मैले सुधारे
बनि मौन मतियार मैले बिराए

ढुक्क भै जाउ पर्खे मलाई
हुर्काउछु यी दुइ फुल भनि कराए

भेटौला फेरी कहिँ अर्को जुनीमा
साटौला मुटु सोची दिल रुवाए

No comments:

Post a Comment