Sunday, February 1, 2009

किन झर्छन तारा ?

चकमन्न रात हरुमा चम्केका छन तारा
कतिका ती आशा होलान कतिका सहारा
हे दैव भनिदेउ मलाई
किन झर्छन तारा ?

युगौँ युग लाग्न सक्छ बन्न लाई एक तारा
पहाड नै फोर्नु पर्छ खोज्न लाई एक तारा
दिनै रात खट्नु पर्छ टल्काउन एक तारा
एक छिन मै झरिसक्छ चम्किलो त्यै तारा
हे दैव भनिदेउ मलाई
किन झर्छन तारा ?

अनन्त आकाशमा छन एक्ला एक्लै तारा
कतिका ती बिम्ब होलान कतिका पुकारा
हे दैव भनिदेउ मलाई
किन झर्छन तारा ?

No comments:

Post a Comment